Monday, 4 May 2020
डिजिटल मार्केटिङ भनेको के हो,डिजिटल मार्केटिङ गर्न किन आवश्यक छ ?
सर्वप्रथम ,डिजिटल मार्केटीङ भन्नाले "कुनै पनि कम्पनीको फिजिकल्,डिजिटल प्रोडक् वा सर्भिसलाई अनलाइनको माध्यमबाट बिभिन्न सामाजिक सन्जाल जस्तै फेसबुक,इन्स्टाग्राम, लिकेडिङ्, ट्विटर, युट्युब्, आदि प्रयोग गरेर विज्ञापन गर्ने र बिक्री वितरण गर्ने काम बुझिन्छ । " अर्थात् बजार , ब्यवसाय घर बसी बसी ग्लोबलाईजेसन, एक्स्टेन्ड गर्ने काम डिजिटल मार्केटीङ हो ।
बर्तमान विश्व बजार डिजिटल मार्केटिङ्को सिद्धान्तमा आधारित भएको कारण बिकासको मार्गमा अघि बढिरहेको अवश्थामा नेपाल किन यसको अछुतो हुन पुगेको होला । सम्भवत, भौगोलिक बनोट,सम्पूर्ण क्षेत्रमा इन्टरनेटको असुविधा,प्राविधिक ज्ञान,सिप एवम् आवश्यक जनशक्तिको अभाव यसको प्रमुख कारण हुन सक्छ । यद्धपि सम्भावित क्षेत्रको बजारलाई हामी डिजिटल गर्न सके बजार व्यापारले ठुलो खडको पार गर्ने पक्षमा दुइ मत नहोला । यहाँ मेरो अर्थ नेपालमा कुनै पनि व्यापार,व्यवसाय डिजिटल विधिबाट सञ्चालित छैन भन्ने होइन । कति व्यवसाय,बजार,बेंकिक कारोबार डिजिटली पनि चलिरहेकै छ । तर यो प्रविधिलाई असिमित तरिकाले बढाउन सके अझ राम्रो हुने थियो भन्ने मात्र हो।
वास्तवमा, हामी धेरै जनमानसलाई डिजिटल मार्केटिड, डिजिटल ट्रान्जेक्शन के हो,कसरी गरिन्छ बिषय बारे स्पष्ट जानकारी छैन । अहिले समय धेरै परिवर्तन भैसकेको छ,समय अनुसार हिडन नसके हामी कुवाको भ्यागुता सरह सधै पछि नै पर्नेछौ ।
यहाँ एउटा सन्दर्भ जोडौ ।
“ लिन्डा डट कमले सयौ कोर्षहरु सन् १९९५ देखि बेचिरहेका छन् । कोर्ष मतलब अनलाइन कोर्षहरु ।
जसले बार्षिक १०० मिलियन डलरको रिभिन्यु जेनेरेट हुन्छ । त्यसैगरी,युडीमी डटकमले ८०,०००
कोर्षहरु सन् २०१० देखि नै बिक्रि गर्दै आएको छ । जसको ग्राहकहरु लाखौ छन् । तपाई वेबसाइट
पनि खोलेर हेर्न सक्नुहुन्छ । युरोपमा करीब २५ बर्षभन्दा अघी यो कोर्ष लागु भएर पनि पुरानो भैसक्यो। प्रविधिले कोल्टे फेरिसक्यो । तर हामीलाई भने सुरुवात गर्नु नै बडो चुनौति खडा भएर बसेको छ भने प्रगति देशले कतिखेर गर्छ ।"
मान्दछु,हामी यि कोर्षहरु निशुल्क प्राप्त गर्दैनौ,कोर्ष खरिद गरी सिप सिक्नुपर्छ ।तसर्थ हामी सोचिहाल्छौ कि यो सबै हामीसंग पैसा लुटने जुक्ति हो किनकी म पनि त्यही साच्थे। तर कुनै पनि ब्यवसाय सुरु गर्न हामिले केहि न केहि लगानी त पक्का पनि गर्नु नै पर्छ । प्रत्येक बिषयको दुइ पक्ष भए जस्तै हामीले सकरात्मक पक्ष पनि विचार गर्न आवश्यक रहेछ । यदि हामी अलिकती पैसा खर्च गरेर समय सापेक्ष प्रविधि सिक्न सक्छौ, आफुलाई दक्ष बनाउन सक्छौ ,त्यो प्रविधि प्रयोग गरेर घर बसी बसी राम्रो आम्दानी गर्न सक्छौ भने हामी त्यो सिप सिक्नबाट किन पछी हट्ने । डिस्को,पार्टी,मेकअप, ड्रेसअप,मनोरञ्जन,आउटिङ जस्ता कार्यमा खर्च गर्न हामी अलिकति पनि हिच्किचाउदैनौ भने सिप सिक्नको लागि हामी किन हजार चोटि सोच्छौ र नकरात्मक धारणा बनाउछौ ।
बिशेष गरि अहिले कोभिड १९ र लकडाउनको अवस्था छ । हामी फेसबुक चलाएर ,गेम खेलेर,टिभी हेरेर समय खेर फालिरहेका छौ जबकी यो समयलाई हामी सिप सिक्ने कार्यमा खर्च गर्न सके उचित प्रतिफल अवश्य प्राप्त गर्न सक्नेछौ । कोर्ष किनेर सिप सिके पश्चात हामीलाई स्वतन्त्र ब्यवसायीको रुपमा घर बसी बसी आम्दानी गर्न सकिने थुप्रै बिकल्पहरु उपलब्ध हुन्छ भने डिजिटल मार्केटीङ सम्बन्धी यस्तो थुप्रै कोर्षहरु बिक्री गरेर ४० देखी ७० % सम्म नाफा कमाउन सक्छौ ।
यदि हजुर यो लकडाउनको समयलाई सदुपयोग गर्ने इच्छा राख्नुहुन्छ ,कोर्ष अर्डर गरि सिप सिक्न चाहनहुन्छ,आजको बिषयवस्तु एवम हामीसङ उप्लब्ध कोर्ष बारे बिस्तृत जान्कारी लिन चाहनुहुन्छ भने मलाई कमेन्ट या म्यासेज गर्नुहोस ।
👇️
barkhagrg45@gmail.com
Subscribe to:
Post Comments (Atom)

nice
ReplyDelete