Tuesday, 21 April 2020

फुर्सद्को समयलाइ अनलाईनमा सदुपयोग गर्दै , रश्मी गुरुङ ।


नमस्कार,मेरो नाम रश्मी गुरुङ हो । म सि.न.पा. १,भैरहवामा स्थायी रुपले बसोबास गर्दै आएको छु । पेशाको कुरा गर्दा म बिगत ६ बर्षदेखि एउटा निजी बिद्यालयमा शिक्षिकाको रुपमा कार्यरत छुु । म बिद्यालयमा प्राय १० देखि ४ बजे सम्म व्यस्त हुन्छु भने बाँकी समय यतिकै खेर गइरहेको हुन्थ्यो । फेसबुक, इमो, इस्ट्राग्राम जस्ता सामाजिक सञ्जालको प्रयोग आजको समयमा जसले पनि गरिरहेकै हुन्छ र मैले पनि गर्छु तर ति सामाजिक सन्जाल साथीसंग कुरा गर्न, फोटो अपलोड गर्न, स्टेटस राख्न मात्रै प्रयोग गर्थे ।
          यही दिशामा जिवन अघि बढिरहदा एक दिन फेसबुक प्रयोग गर्ने क्रममा म शिलास राई सरसंग जोडिन पुगेछु । वहा मार्फत मैले अनलाइन बिजनेससंग सम्बन्धित केहि जानकारी प्राप्त गर्ने अवसर पाए । तर अनलाइनबाट गरिने कामप्रति सकरात्मक सोच नभएको कारण मैले सरसंगको कुरालाई निरन्तरता दिन सकिन ।फेरि पनि अहिले लकडाउनको असर भनौ, या जिन्दगीमा प्राप्त एउटा अवसर - म पुन शिलास सरसंग जोडिन पुगे । वहाले मलाई धैर्यतापुर्वक शान्त तरिकाले बुझ्न सक्ने गरि स्टेप बाइ स्टेप अनलाइन मार्केटिङ बारेमा सिकाउनुभयो । अझ स्पष्ट होस भन्ने आशयले सरले मलाई अनलाइन क्षेत्रमा लागेर राम्रो आम्दानी गरेका मार्केटर एवम आफ्नो भिडयो लिंक दिनुभयो । साँच्चैनै ति भिडयो हेरे पश्चात् अनलाइन मार्केटिङ नेपालमै बसेर केहि गर्न चाहने मानिसहरुको लागि सुनौलो अवसर रहेछ भन्ने कुरा बुझे साथै मसंग ल्यापटप र इन्टरनेट भएको कारण सिप सिकेर अनलाइन क्षेत्रमा लाग्न उत्साह जागेर आयो ।
          तसर्थ म अहिले शिलास राई सरसंग अनुजभाइड्ट अन्तर्गतको एड्भान्स कोर्शमा आधारित सिप सिक्ने क्रममा छु।पहिलेको तुलनामा धेरै कुरा बुझेको छु, सिकेको छु, तर
पनि अझ धेरै बुझ्न, सिक्न बाँकी नै छ भन्ने अनुभव भइनैरहन्छ र आगामी दिनमा पनि आफूलाई अपडेट गरिनै रहनेछु भन्ने विश्वाश छ।
          नेपालमा यस्तो थुप्रै अवसरहरु भए पनि हामी नेपालीहरु लाखौको संख्यामा कुरा बुझेर हो या नबुझेर हो बिदेश जान्छौ । परदेश गएर हामी नेपालीले के पायौ र के गुमायौ भन्ने कुरा बिश्लेषण गर्नु अहिलेको समयको आवश्यकता हो । बर्तमान तितो सत्य आत्मसाथ गर्नु र पाठ सिक्नु अत्यन्त जरुरी बिषय भएको छ,यो कोरोना संक्रमण र लकडाउनको अवश्थामा ।
          अन्तत ,यदि नेपालमै बसेर सिप सिकेर हामी राम्रो आम्दानी गर्न सक्छौ भने त्यो बाटोमा हिडन अनुपयुक्त नहोला । यसर्थ, हजुरहरु पनि आफ्नो अमुल्य समयको सदुपयोग गर्न चाहनुहुन्छ , हजुरसंग ल्यापटप र इन्टरनेट छ, सिप सिकेर अनलाइन मार्केटिङमा आबद्द भइ काम गरि राम्रो आम्दानी कमाउन चाहनुहुन्छ भने कृपया मलाई म्यासेज गर्नुहोस ।
👇
barkhagrg45@gmail.com

3 comments: