Saturday, 18 April 2020

एफिलिएट मार्केटिङ्का फाइदाहरु |







१) आफ्नै कम्पनी वा प्रोडक्ट आवश्यक नपर्ने :-
एफिलिएट मार्केटिङ गर्नको लागि आफ्नै प्रोडक हुन आवश्यक छैन ।कुनै पनि कम्पनीसंग आबद्ध भएर तिनीहरुको प्रोडक एवम सेवालाई विभिन्न सामाजिक सन्जाल प्रयोग गरेर बिक्री गरि नाफा कमाउन सकिन्छ । हामीसंग आफ्नै कम्पनीको प्रोडक हुुनुुपर्छ भन्ने हुदैन ।
२) आफुले काम गरे बापतको आम्दानी लिन कम्पनीसँग बिवाद गर्न नपर्ने :-
हामी कुनै पनि कम्पनीको प्रोडक वा सेवालाई बिज्ञापन गरि बिक्री गर्छौ भने त्यसबापत पाउनुपर्ने नाफा प्रतिशतको चिन्ता हामीले गर्नु पर्दैन । अमेजन,अलिबाबा,अनुजभाईडटकम जस्ता ठूलाठूला कम्पनीले पहिलेनै अनलाइन मार्केटरलाई सेवा बापत दिने रकम निश्चित गरिसकेको हन्छ ।
३) प्यासिभ इनकम :-
अललाइन मार्केटिङ सम्बन्धि सिप सिकेपछि हामी अरुलाई पनि व्यतिगत रुपमा आफूले जानेका सिप सिकाउन योग्य हुनेछौ । उनीहरुलाई पनि अनलाइन मार्केटिङमा आउन प्रेरित गरेर आफ्नो एउटा टिम सन्चालन गर्न सक्छौ र यस्तो टिमले प्रोडक बिक्री गरेर कमाएको नाफाबाट  धेरै थोरै नाफा हामी पनि प्राप्त गर्छौ । यसरी हामी १०० प्रतिशत पेसिभ इनकम कमाउन सक्छौ ।
४) फाइनान्सियल फ्रिडम :-
अनलाइन मार्केटिडमा हामी इच्छा अनुुसार जति पनि पैसा कमाउन सक्छौ । नोकरी गर्दा जस्तो पाउने निश्चित तलब यसमा तोकिएको हुदैन । हामीले यति रकम कमाउछु भन्ने लक्ष्य राखेर अलि बढी समय मार्केटिडमा दिइ मेहनत गरेमा चाहे अनुसार महिनामा ३०,५० हजार देखि १ लाख सम्म सजिलै कमाउन सक्छौ ।

५) फ्रेन्डली :-
यो काम गर्न एकदम सजिलो हुन्छ । शुरुशुरुको महिनामा अलि अप्ठयारो लागे पनि सिप सिकेर निरन्तर काम गर्दा पछि हामी अभ्यस्त हुन्छौ र काम अत्यन्त सरल लाग्छ । काम गर्ने तरिका,सिप,निति जाने पछि कुनै पनि कम्पनीको प्रोडक बिज्ञापन एवम बिक्री गरि सजिलै संग नाफा कमाउन सकिन्छ ।

2 comments: