Sunday, 26 April 2020

अनलाइन मार्केटिङ किन महत्त्वपूर्ण छ !

भनिन्छ अहिलेको समय कम्प्युटर को युग हो,हुन पनि यो एउटा यथार्थ हो ।आजभोलि यस्तो कुनै कार्यालय,संस्था छैन जहा कार्य सन्चालन गर्नको लागी कम्प्युटर प्रयोग नगरिएको होस ।वास्तवमा भन्ने हो भने कम्प्युटरको ज्ञान राख्नु समयको माग पनि हो ।
अनलाईन क्षेत्रमा काम गर्दा पनि हामी कम्प्युटर र इन्टर्नेट्को नै प्रयोग गरिरहेका हुन्छौ।अनलाईन मार्केटिङ  भन्नाले" कुनै पनि कम्पनीको प्रोडक् र सर्भिसलाई अनलाइनको माध्यमबाट बिभिन्न सामाजिक सन्जाल जस्तै फेसबुक,इन्स्टाग्राम, लिकेडिङ्, ट्विटर, युट्युब्, आदि प्रयोग गरेर मार्केटिङ गर्ने, विज्ञापन गर्ने र बिक्री वितरण गर्ने कामलाई बुझिन्छ । "अहिले धेरै विश्वबजार अनलाइन मार्केटिङमा आधारित छन।यसको विभिन्न कारणहरु रहेको छ।जसमध्ये

१ अफोर्डेबल्-
अनलाईन मार्केटिङ  ट्रेडिश्नल मार्केटिङ  भन्दा सस्तो हुन्छ । कुनै पनि प्रोडक को बिज्ञापन अनलाईन बाट रु ५०० मा पनि गर्न सकिन्छ भने बाटोमा  हूडिङ बोर्ड्, बेनर झुन्ड्याएर  मार्केटीङ गर्न कम्पनिलाई मासिक ५० हजार देखी एक ,डेढ लाख सम्म खर्च गर्नु परिरहेको हुन्छ ।

२ राइट टार्गेटेड कस्टमर -
अनलाईनबाट मार्केटिङ  गर्दा  प्रोडक बजार मा खपत हुने किसिमको कस्टमर हामी प्राप्त गर्न सक्छौ ।अर्थात कस्तो पेशामा सङ्लग्न,कुन उमेरका,कुन ठाउमा बसेका ब्यक्ति साथै महिला वा पुरुष कसले त्यो सामान खरिद गर्न सक्छ,कसलाइ त्यो सामान आवश्यक हुन सक्छ,  त्यही अनुरुपका कस्ट्मर चयन गरी आफ्नो प्रोडक उनीहरु माझ प्रोमोट गर्न सक्छौ जसले गर्दा बढी मात्रामा हाम्रो प्रोडक बिक्री हुने सम्भावना हुन्छ।यसरी हामी राइट टार्गेटेड कस्टमर पाउछौ ।तर एउटा बेनर झुन्ड्याएर बिज्ञापन गर्दा त्यो बिज्ञापनले पर्याप्त कस्ट्मर नबनाउन सक्ला किनकी त्यो समान जसलाई आवश्यक छ उसले त्यो बिज्ञापन नदेखेको पनि हुन सक्छ । तर अनलाईन बाट मार्केटिङ  गर्दा बिश्वभरिका ब्यक्ती हरुले बिज्ञापन देखिरहेका हुन्छन ।

३  ब्रान्ड अवेर्नेस्  - अनलाईन मार्केटिङमा बिज्ञापन गर्ने धेरै उपायहरु छन । फेसबुकमा मात्र पनि यस्तो सुबिधा छ कि हामी आफ्नो कम्पनीको बिज्ञापन आफ्नो इच्छा अनुसारको ठाउ,कस्टमर समक्ष पुर्याउन सक्छौ ।हाम्रो बिज्ञापन हामी टार्गेटेड फेस्बुक युजरको न्युजफिड वा इर्न्बोक्समा सेन्ड गर्न सक्छौ जुन बिज्ञापन एक न एक दिन फेस्बुक युजरले क्लिक गरेर अवस्य हेर्नेछन । यसरी एकपटक क्लिक गरेर हेरेपछी हाम्रो पेजमा अप्लोड गरिएको नयाँ प्रोडक्ट्,हाम्रो कम्पनी को सेवा, सुबिधा , निती बारे कस्टमरहरु निरन्तर अपडेट भैरहन्छन ।

४  इजि टु मेजर -
अनलाईन मार्केटिङ एकदम प्रभावकारी हुन्छ ।विशेष गरी हाम्रो विज्ञापनले कति भिवर्स को ध्यान केन्द्रित गर्न सक्यो त सजिलै रिजल्ट हेर्न सकिन्छ र जुन प्रोडकको भिवर्स धेरै हुन्छ ,त्यस्तो प्रोडकलाई  अधिकतम प्रोमोट गरेर बिक्री गरी हामी
 राम्रो नाफा कमाउन सक्छौ ।

५ मक्सिमम कस्टमर् -
कुनै पनि कम्पनी को प्रोडक् अनलाईनबाट प्रोमोट गरी बिश्वभरका मानिस सामु पुर्याउन सकिन्छ ।उमेर,पेशा,ठाउ, जेन्डरका  आधारमा कस्टमर चयन गर्न सक्छौ जसले गर्दा धेरै भन्दा धेरै कस्टमर प्राप्त गर्ने सम्भावना हुन्छ । हामी आफ्नो इच्छा अनुसार स्थानिय, राष्ट्रिय , अन्तर्राष्ट्रिय स्तरमा प्रोडक्ट को बिज्ञापन गरी धेरै कस्टमर सृजना गर्न सक्छौ ।

        यि बुदाहरुको  राम्रो अध्ययन गरे पछि अनलाईन मार्केटिङ  कति महत्वपूर्ण छ भन्ने कुरा हामी स्पस्ट रुपले बुझ्न सक्छौ ।पहिलेदेखि चलिआएको परम्परागत प्रणाली भन्दा छिटो, सस्तो,सजिलो,प्रभावकारी एवम उपलब्धीमुलक छ ।
यसरी हामी अनलाईन मार्केटिङ  समबन्धी सिप सिकेर कुनै पनि कम्पनीको प्रोडकलाई बिभिन्न सामजिक सन्जाल मार्फत प्रोमोट र बिक्री गरी घर बसी बसी नाफा कमाउन सक्छौ ।

यदि हजुरसँग कन्सेप्ट छैन,स्किल छैन तर जोश्,जागर्,पेशन छ,रोजगारी,उचित अवसरको खोजीमा हुनुहुन्छ, ल्यापटप,इन्टर्नेट छ भने आउनुस ,अनलाईन ट्रेनिङ लिनुहोस। अनलाईन बिजनेस हजुरको लागी एकदम उपयुक्त  मार्ग हुन सक्छ ।थप जानकारीको लागि ,मलाई म्यासेज गर्नुहोस.
👇️
Barkhagrg45@gmail.com

Tuesday, 21 April 2020

फुर्सद्को समयलाइ अनलाईनमा सदुपयोग गर्दै , रश्मी गुरुङ ।


नमस्कार,मेरो नाम रश्मी गुरुङ हो । म सि.न.पा. १,भैरहवामा स्थायी रुपले बसोबास गर्दै आएको छु । पेशाको कुरा गर्दा म बिगत ६ बर्षदेखि एउटा निजी बिद्यालयमा शिक्षिकाको रुपमा कार्यरत छुु । म बिद्यालयमा प्राय १० देखि ४ बजे सम्म व्यस्त हुन्छु भने बाँकी समय यतिकै खेर गइरहेको हुन्थ्यो । फेसबुक, इमो, इस्ट्राग्राम जस्ता सामाजिक सञ्जालको प्रयोग आजको समयमा जसले पनि गरिरहेकै हुन्छ र मैले पनि गर्छु तर ति सामाजिक सन्जाल साथीसंग कुरा गर्न, फोटो अपलोड गर्न, स्टेटस राख्न मात्रै प्रयोग गर्थे ।
          यही दिशामा जिवन अघि बढिरहदा एक दिन फेसबुक प्रयोग गर्ने क्रममा म शिलास राई सरसंग जोडिन पुगेछु । वहा मार्फत मैले अनलाइन बिजनेससंग सम्बन्धित केहि जानकारी प्राप्त गर्ने अवसर पाए । तर अनलाइनबाट गरिने कामप्रति सकरात्मक सोच नभएको कारण मैले सरसंगको कुरालाई निरन्तरता दिन सकिन ।फेरि पनि अहिले लकडाउनको असर भनौ, या जिन्दगीमा प्राप्त एउटा अवसर - म पुन शिलास सरसंग जोडिन पुगे । वहाले मलाई धैर्यतापुर्वक शान्त तरिकाले बुझ्न सक्ने गरि स्टेप बाइ स्टेप अनलाइन मार्केटिङ बारेमा सिकाउनुभयो । अझ स्पष्ट होस भन्ने आशयले सरले मलाई अनलाइन क्षेत्रमा लागेर राम्रो आम्दानी गरेका मार्केटर एवम आफ्नो भिडयो लिंक दिनुभयो । साँच्चैनै ति भिडयो हेरे पश्चात् अनलाइन मार्केटिङ नेपालमै बसेर केहि गर्न चाहने मानिसहरुको लागि सुनौलो अवसर रहेछ भन्ने कुरा बुझे साथै मसंग ल्यापटप र इन्टरनेट भएको कारण सिप सिकेर अनलाइन क्षेत्रमा लाग्न उत्साह जागेर आयो ।
          तसर्थ म अहिले शिलास राई सरसंग अनुजभाइड्ट अन्तर्गतको एड्भान्स कोर्शमा आधारित सिप सिक्ने क्रममा छु।पहिलेको तुलनामा धेरै कुरा बुझेको छु, सिकेको छु, तर
पनि अझ धेरै बुझ्न, सिक्न बाँकी नै छ भन्ने अनुभव भइनैरहन्छ र आगामी दिनमा पनि आफूलाई अपडेट गरिनै रहनेछु भन्ने विश्वाश छ।
          नेपालमा यस्तो थुप्रै अवसरहरु भए पनि हामी नेपालीहरु लाखौको संख्यामा कुरा बुझेर हो या नबुझेर हो बिदेश जान्छौ । परदेश गएर हामी नेपालीले के पायौ र के गुमायौ भन्ने कुरा बिश्लेषण गर्नु अहिलेको समयको आवश्यकता हो । बर्तमान तितो सत्य आत्मसाथ गर्नु र पाठ सिक्नु अत्यन्त जरुरी बिषय भएको छ,यो कोरोना संक्रमण र लकडाउनको अवश्थामा ।
          अन्तत ,यदि नेपालमै बसेर सिप सिकेर हामी राम्रो आम्दानी गर्न सक्छौ भने त्यो बाटोमा हिडन अनुपयुक्त नहोला । यसर्थ, हजुरहरु पनि आफ्नो अमुल्य समयको सदुपयोग गर्न चाहनुहुन्छ , हजुरसंग ल्यापटप र इन्टरनेट छ, सिप सिकेर अनलाइन मार्केटिङमा आबद्द भइ काम गरि राम्रो आम्दानी कमाउन चाहनुहुन्छ भने कृपया मलाई म्यासेज गर्नुहोस ।
👇
barkhagrg45@gmail.com

Saturday, 18 April 2020

एफिलिएट मार्केटिङ्का फाइदाहरु |







१) आफ्नै कम्पनी वा प्रोडक्ट आवश्यक नपर्ने :-
एफिलिएट मार्केटिङ गर्नको लागि आफ्नै प्रोडक हुन आवश्यक छैन ।कुनै पनि कम्पनीसंग आबद्ध भएर तिनीहरुको प्रोडक एवम सेवालाई विभिन्न सामाजिक सन्जाल प्रयोग गरेर बिक्री गरि नाफा कमाउन सकिन्छ । हामीसंग आफ्नै कम्पनीको प्रोडक हुुनुुपर्छ भन्ने हुदैन ।
२) आफुले काम गरे बापतको आम्दानी लिन कम्पनीसँग बिवाद गर्न नपर्ने :-
हामी कुनै पनि कम्पनीको प्रोडक वा सेवालाई बिज्ञापन गरि बिक्री गर्छौ भने त्यसबापत पाउनुपर्ने नाफा प्रतिशतको चिन्ता हामीले गर्नु पर्दैन । अमेजन,अलिबाबा,अनुजभाईडटकम जस्ता ठूलाठूला कम्पनीले पहिलेनै अनलाइन मार्केटरलाई सेवा बापत दिने रकम निश्चित गरिसकेको हन्छ ।
३) प्यासिभ इनकम :-
अललाइन मार्केटिङ सम्बन्धि सिप सिकेपछि हामी अरुलाई पनि व्यतिगत रुपमा आफूले जानेका सिप सिकाउन योग्य हुनेछौ । उनीहरुलाई पनि अनलाइन मार्केटिङमा आउन प्रेरित गरेर आफ्नो एउटा टिम सन्चालन गर्न सक्छौ र यस्तो टिमले प्रोडक बिक्री गरेर कमाएको नाफाबाट  धेरै थोरै नाफा हामी पनि प्राप्त गर्छौ । यसरी हामी १०० प्रतिशत पेसिभ इनकम कमाउन सक्छौ ।
४) फाइनान्सियल फ्रिडम :-
अनलाइन मार्केटिडमा हामी इच्छा अनुुसार जति पनि पैसा कमाउन सक्छौ । नोकरी गर्दा जस्तो पाउने निश्चित तलब यसमा तोकिएको हुदैन । हामीले यति रकम कमाउछु भन्ने लक्ष्य राखेर अलि बढी समय मार्केटिडमा दिइ मेहनत गरेमा चाहे अनुसार महिनामा ३०,५० हजार देखि १ लाख सम्म सजिलै कमाउन सक्छौ ।

५) फ्रेन्डली :-
यो काम गर्न एकदम सजिलो हुन्छ । शुरुशुरुको महिनामा अलि अप्ठयारो लागे पनि सिप सिकेर निरन्तर काम गर्दा पछि हामी अभ्यस्त हुन्छौ र काम अत्यन्त सरल लाग्छ । काम गर्ने तरिका,सिप,निति जाने पछि कुनै पनि कम्पनीको प्रोडक बिज्ञापन एवम बिक्री गरि सजिलै संग नाफा कमाउन सकिन्छ ।